+
+

बिल्बाओको पोष्टमा चार गोल गर्दै बार्सिलोना चौथो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते ८:२६

१६ फागुन, काठमाडौं । पिएरे एमरिक ओबामेयाङले लगातार गोल गर्दा बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गरेको छ ।

यस जितपछि बार्सिलोना एट्लेटिको मड्रिडलाई पछि पार्दै अंकतालिकामा चौथो स्थानमा समेत उक्लेको छ ।

ओबामेयाङले बार्सिलोनाका लागि पछिल्लो तीन खेलमा गोलसंख्या पाँच पुर्‍याउने क्रममा बिल्बाओविरुद्ध ३७औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । त्यसपछि उसमान डेम्बेलेले ७३औं, फ्रेन्की डे जोङले ९०औं र मेम्पिस डिपाएले इन्जुरी टाइममा गोल गरे ।

गत फेब्रुअरीमा मात्र आर्सनलबाट बार्सिलोना आएका ओमाबेयाङ बार्सिलोनाका लागि यस सिजन सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा पुगिसकेका छन् । उनी भन्दा बढी डिपाएले ९ र डे जोङले ६ गोल गरेका छन् ।

८ डिसेम्बरदेखि बार्सिलोना अपराजित छ ।

जितपछि बार्सिलोनाले २५ खेलबाट ४५ अंक जोडेको छ र एट्लेटिको मड्रिडलाई पछि पारेर चौथो स्थानमा उक्लेको छ ।

अन्य खेलमा दोस्रो स्थानको सेभियाले तेस्रो स्थानको रियल बेटिसलाई २-१ ले पराजित गरेको छ । सेभियाको २६ खेलबाट ५४ अंक छ भने बेटिसको समान खेलबाट ४६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?