+
+

संसद भवन अगाडि शंकास्पद वस्तु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते ११:३१

१६ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए ।

शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको एसपी मैनालीले बताए ।

प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको छ ।

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?