+
+

जापानमा सञ्चालित नेपाली स्कुलमा पनि एसईई हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १६:०४

१६ फागुन, काठमाडौं। जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने भएको छ । उक्त स्कुलका नेपाल संयोजक जयनन्द कपाडीका अनुसार एसईई गत वर्षदेखि सुरु भएको हो ।

गत वर्ष कोभिड–१९ का कारण आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो भने यो वर्ष राष्ट्रिय परीक्षा बोर्डको मापदण्ड अनुसार हुनेछ ।

एसईईमा १९ जना विद्यार्थी सहभागी हुने संयोजक कपाडीले जानकारी दिए । गत वर्ष २४ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए ।

परीक्षाको लागि अनलाइन मार्फत प्रश्नपत्र पठाउने तयारी भएको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । उनले भने ‘प्रश्नपत्र प्लेनबाट पठाउने अथवा अनलाइनबाट भन्ने निर्णय भइसकेको छैन । सम्भवत अनलाइन माध्यम मार्फत नै हुन्छ ।’

विद्यार्थीको उत्तरपुस्तिका केन्द्राध्यक्षले रुजु गरेर सिलबन्दी गरी नेपाल पठाउने संयोजक कपाडीले बताए । ९० प्रतिशत विद्यार्थी नेपाली मुलका र बाँकी जापानिज, भारतीय तथा दक्षिण एसिया मुलका विद्यार्थीहरु रहेको संयोजक कपाडीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?