
काठमाडौं । सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखालमा आफ्नो शाखा विस्तार गरेको छ ।
एक कार्यक्रमका बीच शाखा कार्यालयको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेका हुन् ।
शाखा कार्यालयको उद्घाटन गर्दै मेयर खरेलले सबल अनि विश्वसनीय बंैकको रुपमा स्थापित हुनुपर्नेमा जोड दिए ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोगका लागि आग्रह गरे ।
सातै प्रदेशमा सानिमा बैंकको १२४ कार्यालय र १०४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4