+
+

‘रुमाल साट्न पर्दैन’ गीतमा किन छोपियो पारस शाहको तस्वीर ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १४:००

१७ फागुन, काठमाडौं । १८ दिनअघि खेम सेञ्चुरी र सुनितामी परियारको स्वरमा ‘रुमाल साट्न पर्दैन’ बोलको गीत सार्वजनिक भयो । यो गीतको भिडियोमा खेमसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छन् ।

भिडियोको दृश्यमा पूर्वयूवराज्ञी हिमानी शाह र पूर्वयुवराज पारस शाह दुवैको तस्वीर प्रयोग गरिएको थियो । तर अहिले भिडियोको दृश्यमा हिमानीको तस्वीर यथावत् रहेपनि पारसको तस्वीरलाई छोपिएको छ ।

भिडियो सार्वजनिक भएको केही दिनपछि पारसको तस्वीरलाई किन यसरी छोपियो ? कारण, भिडियोमा प्रयोग गरिएको उक्त तस्वीर पत्रकार वर्षा शाहले खिचेकी रहिछन् । भिडियो सार्वजनिक भएपछि उनले आफूले खिचेको तस्वीर नसोधी मौलिकबाट तोडमोड गरी व्यावसायिक प्रयोजनमा प्रयोग गरेकोमा आपत्ति जनाइन् । उनले क्षतिपूर्तिका साथै त्यस तस्वीरलाई हटाउन माग गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा निवेदन दिएकी थिइन् ।

गीतको भिडियोमा यसअघि प्रयोग गरिएको तस्वीर

त्यस्तै उनले महानगरीय प्रहरी परिसर टेकुमा समेत निवेदन दिइन् । उनको निवेदनपछि प्रहरीले वर्षा र गायक खेम सेञ्चुरीलाई सँगै छलफल गराएको थियो । त्यसक्रममा खेमले केही दिनमा भिडियोबाट पारसको तस्वीर हटाउने बताएका थिए । सोहीअनुसार अहिले भिडियोमा पारसको तस्वीरलाई छोपिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?