
१७ फागुन, काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकामा तीन छोरीले आफ्नी आमाको काजकिरिया गरिरहेका छन् ।
छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत हिन्दू धार्मिक मान्यतालाई चुनौती दिंदै सुन्दरहरैंचा-४, बाँसबारीका दीपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल)ले आफ्नी दिवंगत आमाको सामूहिक क्रियामा बसेका छन् ।
आमालाई दागबत्ती दिने दीपा र सुनिता अविवाहित हुन् भने सपना विवाहित हुन् । ५५ वर्षीया आमा मनमाया ढकाल खतिवडाको निधनपछि दुई दिदीबहिनीले काजकिरिया गरिरहेको दीपाले बताइन् ।
आमा सबैको भएकाले छोरीलाई काजकिरियाबाट बञ्चित गर्ने संस्कारलाई आफूहरुले नमान्ने दीपाले बताइन् ।
उनीहरुको एक मात्र भाइको सानै उमेरमा मृत्यु भएको थियो ।
बाबुआमाको काजकिरिया छोराले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिवर्तन ल्याउन खतिवडा दिदीबहिनीले गरेको साहसलाई सामाजिक सञ्जालमा धेरैले सराहना गरेका छन् ।
प्रतिक्रिया 4