
१८ फागुन, काठमाडौं । नेपालप्रति बिछट्टै लगाव छ बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डाको । आफू अभिनित फिल्म ‘लप्पनछप्पन २’को प्रचारप्रसारको लागि उनी एक सातादेखि काठमाडौंमा छिन् ।
एक दशकदेखि बेल्जियममा रहेर मोडलिङ पेसा र मोडलिङ संस्थाहरुमा आबद्ध क्यारोलिनको इच्छा नेपाली फिल्म र फेसनमा योगदान पुर्याउनु रहेको उनी बताउँछिन् ।
अग्ली र आकर्षक फिगरकी क्यारोलिनले ब्रसेल्स र आम्सटर्डममा रहेर मोडलिङमा संघर्ष गरेकी थिइन् । इलेक्ट्रोनिक बाइकको व्यावसायिक दूत समेत रहेकी क्यारोलिनको जन्मथलो भने नेदरल्यान्ड हो । उनी बेल्जियमको ब्युटी पेजेन्ट मिस ग्रान्डकी निर्देशक समेत हुन् ।
नेपाली परिकार र सौन्दर्य भनेपछि हुरुक्कै हुने क्यारोलिन नेपाली डायस्पोरा र बेल्जियमलाई सांस्कृतिक रुपमा जोड्न चाहन्छिन् । अनलाइनखबरको क्यामेरामा क्यारोलिन यसरी कैद भएकी छन् ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4