२० फागुन, काठमाडौं । इंग्ल्याण्डको पाँचौ श्रेणी अर्थात नेशनल लिगको क्लब बोरह्याम उडको यात्रालाई अन्त्य गर्दै प्रिमियर लिग क्लब एभरटन एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा सोलोमोन रोन्डोनले दुई गोल गरेपछि एभरटनले बोरह्याम उडलाई २-० ले हरायो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रोन्डोले ५७औं र ८४औं मिनेटमा गोल गरे ।
एभरटनले अब क्वाटरफाइनलमा क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4