+
+

चितवनमा ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीका सईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १०:३०

२० फागुन, चितवन । चितवनको भरतपुर महानगरपालिका-६ स्थित जयनेपाल चोकमा ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीका एकजना सईको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-१४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत सई अर्जुन पौडेलको गएराति मृत्यु भएको हो ।

गएराति ९ बजेतिर महेन्द्र चोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टरले ना १६ प ३१५ नम्बरको मोटरसाइकलमा सवार पौडेललाई ठक्कर दिएको थियो । पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?