+
+

तोकिएको समयमै स्थानीय तहको चुनाव : गृहमन्त्री खाण

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १९:२०

२० फागुन, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचनका लागि सरकारले घोषणा गरेको मितिमै निर्वाचन हुने बताएका छन् ।

शुक्रबार भैरहवामा एक विद्यालयको भवन शिलान्यास गर्दै गृहमन्त्री खाँणले तोकिएको मितिमा निर्वाचन हुन्न कि भन्ने भ्रम नराख्न आग्रह गरे ।

उनले भने, ‘सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा तोकिएकै समयमा निर्वाचन गराउँछ ।’

गृहमन्त्री खाणले राष्ट्रिय राजनीतिको मूल धारमा नआएका दलहरुलाई पनि मूल धारमा आउन आग्रह गरे ।

‘गणतान्त्रिक शासन व्यवस्थामा जनता नै केन्द्रविन्दु भएकाले आगामी निर्वाचनमा सबै दल जनतामाझ जाने विश्वास सरकारको छ’– उनले भने–‘तर कुनै पनि बहानामा हिंसा र द्वन्द्वलाई स्वीकार्न सक्दैन ।’

उनले हिंसा फैलाउने गतिविधि नगर्न सबैलाई आग्रहसमेत गरे । अर्को प्रसंगमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी नितान्त विकास आयोजना भएको तर्क गर्दै यो सम्झौता लागू हुँदैमा नेपाली भूमि मित्र राष्ट्रविरुद्ध प्रयोग नहुने बताए ।

असंलग्न परराष्ट्र नीतिप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै उनले एमसीसी सम्झौता पारित हुँदैमा कुनै देश सशंकित हुनु नपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?