+
+

‘बाहुबली ३’ निर्माणको तयारीमा राजामौली र प्रभास

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते ११:४०

२२ फागुन, काठमाडौं । ‘बाहुबली’ फिल्मको सफलतापछि अब निर्देशक एसएस राजामौलीले तेस्रो श्रृंखला निर्माण गर्ने तयारी थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो पिरियोडिक फिल्मलाई लिएर गृहकार्य पनि सुरु भएको छ ।

नेपाली बक्स अफिसमा समेत ‘बाहुबली’का अघिल्ला दुवै शृंखलाले सर्वाधिक कमाइको मानक बनाएका थिए । फिल्मको पहिलो भागले नेपालमा २५ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको वितरकको हिसाब छ । दोस्रो सिरिजले समेत राम्रो कमाइ गरेको थियो ।

निर्देशक राजामौली र अभिनेता प्रभासले तेस्रो सिरिज निर्माणमा सहकार्य गर्नेबारेका समाचारलाई दक्षिण भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका हुन् । यो खबरको संकेत स्वयं अभिनेता प्रभासले दिएका हुन् ।

‘बागी’ स्टार प्रभास अहिले पछिल्लो फिल्म ‘राधेश्याम’को व्यावसायिक प्रवद्र्धनमा व्यस्त छन् । फिल्मको ट्रेलर लन्चमा उनले मिडियासँग यसबारे कुरा गरेका छन् । सोही क्रममा सञ्चारकर्मीहरुले निर्देशक राजामौलीसँग मिलेर प्रभासले बाहुबलीको तेस्रो शृंखला बन्न लागेको विषयमा प्रश्न गरेका थिए ।

सञ्चारकर्मीको प्रश्नमा प्रभासले भने, ‘म र राजामौली मिल्ने साथी हौं । हामी एकसाथ राम्रो सम्बन्ध पनि सेयर गरिरहेका छौं । आगामी प्रोजेक्टबारे हामीले छलफल समेत गरिरहेका छौं । भोलिको कुरा के थाहा हुन्छ र ? आगामी दिनमा जे पनि हुनसक्छ ।’

तेलुगू र बलिउड मिडियाले प्रभासको यो अभिव्यक्तिलाई बाहुबलीको तेस्रो सिक्वेल निर्माणतर्फको ग्रीन सिग्नलको रुपमा व्याख्या गरिरहेका छन् । प्रभासको यो भनाइलाई लिएर फ्यानहरुबीच उत्साहको सञ्चार फैलिएको छ ।

बाहुबली अभिनेता प्रभासका अन्य फिल्म समेत अहिले पाइपलाइनमा छन् । ‘राधेश्याम’पछि उनको फिल्म ‘आदिपुरुष’ रिलिजको तयारीमा छ ।

‘राधेश्याम’ ११ मार्चमा रिलिज हुँदैछ । यो फिल्ममा प्रभासले पहिलोपटक पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?