+
+

महिला कप : सुनसरी र झापा विजयी

विराटनगरमा जारी प्रथम ‘इक्युवालिटि कप महिला क्रिकेट २०२२’ मा सुनसरी र झापा विजयी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १९:०५

२२ फागुन, विराटनगर । विराटनगरमा जारी प्रथम ‘इक्युवालिटी कप महिला क्रिकेट २०२२’ मा सुनसरी र झापा विजयी भएका छन् ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा सुनसरी र झापा विजयी भएका हुन् ।

नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा सुनसरीले सप्तरीलाई १० विकेटले पराजित गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा १४ दशमलव २ बल खेल्दै ४३ रन जोड्यो ।

सप्तरीकी नविता चौधरीले सर्वाधिक ७ रनको योगदान दिइन् । सप्तरीका ७ जना खेलाडीले खाता खोल्न सकेनन् । सुनसरीका लागि सपना साहले र प्रिया मलाहाले ३ विकेट लिइन् ।

४४ को झिनो लक्ष्य पछ्याएको सुनसरीले ३ दशमलव ३ बलमा विना विकेट क्षति विजयी लक्ष्या पार गरेको थियो ।

दोस्रो खेलमा अन्तर्राष्ट्रिय खेलाडी सम्मेलित झापाले मोरङलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ४० रनको झिनो स्कोर बनाएको थियो ।

मोरङकी कप्तान अन्सु जैसवालले सर्वाधिक ६ रन बनाउँदा ६ जना ब्याटरले खाता खोल्न सकेनन् । झापाकी हिरणमाई राँयले ४ ओभरमा २ मेडन राख्दै ४ रन दिएर २ विकेट लिइन् । ज्योति दनुवारले पनि ३ ओभरमा ५ रन खर्चेर २ विकेट लिएकी थिइन् ।

४१ को झिनो लक्ष्य पछ्याएको झापाले ४ दशमलव १ बलमा १ विकेटको क्षतिमा विजयी लक्ष्या पार गरेको थियो । झापाका काजल श्रेष्ठले अविजित १७ रन बनाउँदा नग्मा तामाङले १३ रन बनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?