+
+

भक्तपुरमा महिलामाथि ‘तेजाब’ प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते २३:३५
साङ्केतिक तस्वीर

२२ फागुन, काठमाडौं । भक्तपुरमा एक जना महिलामाथि ‘तेजाब’ प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो ।

रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले बताए । रसायन के हो भन्ने परीक्षणपछि मात्रै खुल्ने उनले अनलाइनखबरलाई बताए ।

रसायनका कारण घाइते महिलालाई कीर्तिपुर अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?