+
+

कैलालीमा भेटिएको शव भारतीय नागरिकको भएको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १७:५३

२३ फागुन, धनगढी । कैलालीमा हत्या गरेको अवस्थामा भेटिएको शव भारतीय नागरिकको भएको पुष्टि भएको छ ।

सोमबार बिहान धनगढी उपमहानगरपालिका-५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भेटिएको शव भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय कुल्दीप गुप्ताको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले शव गुप्ताकै भएको धनगढी उपमहानगरपालिका–८ को गाउँ धनगढीमा डेरा गरेर बस्दै आएका मृतकका भाइले सनाखत गरेको जानकारी दिए ।

डीएसपी जोशीका अनुसार विगतमा भाइसँगै धनगढीमै ज्याला मजदुरी गर्दै आएका गुप्ता कोरोना महामारीपछि जारी लकडाउनपछि भने भारतको राजस्थानमा परिवारसहित बस्दै आएका थिए ।

तर, श्रीमतीसँग मनमुटाव भएको भन्दै अब धनगढीमै बसेर ठेला व्यवसाय गर्ने भनी शनिबार भारतबाट आएका गुप्ता आइतबार साँझ भाइको डेराबाट निस्केका थिए ।  गुप्ताको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै प्रहरी नायव उपरीक्षक जोशीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।

‘गुप्ताको मुख, निधारलगायत शरीरका विभिन्न भागमा चोट लागेको देखिएको छ । शव भेटिएको स्थानमा लठ्ठीसमेत भेटिएकाले हत्या भएको देखिन्छ,’ जोशीले अनलाइनखबरसँग भने, ‘तर उनको हत्या शव भेटिएको स्थानमा नभएर अन्यत्र गरिएको हुन सक्ने हाम्रो आकलन छ । बाँकी कुरा विस्तृत अनुसन्धानबाट खुल्दै जानेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?