+
+

महिलालाई हेर्ने दृष्टिकोणमा अस्पष्टता कायम : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते ११:१८

२४ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले महिलालाई हेर्ने दृष्टिकोणमा अस्पष्टता कायमै रहेको बताएका छन् । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना संदेश दिँदै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

‘हाम्रासामु लामो र अथक प्रयासबाट प्राप्त अधिकारहरूको व्यावहारिक कार्यान्वयनको चुनौती यथावत छ । उपलब्धिहरूको प्रतिफल उपयोगका लागि भइरहेको ढिलासुस्ती महिलालाई हेर्ने दृष्टिकोणमा कायम अस्पष्टताको परिणाम हो’ सभामुख सापकोटाले लेखेका छन् ।

राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय र सदा स्मरणीय रहेको उल्लेख गर्दै सभाउनले वर्तमानमा महिलाप्रति निर्माण गरिने सही दृष्टिकोणले समतामूलक र न्यायपूर्ण समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

विभेदका विरुद्ध महिलाको विद्रोही चेत र कुशल नेतृत्व क्षमताका कारण २०७२ को संविधानमा सबै खाले लैंगिक विभेद अन्त्यको दस्तावेजीकरण सम्भव भएको सभामुखको भनाइ छ । ‘राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र समतामूलक सहभागिताको हक नेपाली महिलाको बलिदान र कठिन संघर्षको प्रतिफल हो’ सभामुखले शुभकामना संदेशमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?