+
+

कमिसन बढाउन माग गर्दै ग्याँस र पेट्रोलको बिक्री रोक्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १५:०२

२४ फागुन, काठमाडौं । पेट्रोलियम कारोबार गर्ने तीन वटै निजी क्षेत्रका संस्थाले ढुवानीदेखि बिक्रीसम्मको कारोबार ठप्प पार्ने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

व्यवसायीले पाउँदै आएको कमिसन निगम सञ्चालक समितिले कटौती गरेको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघ आन्दोलित भएका हुन् ।

सोमबार एक संयुक्त विज्ञाप्ति जारी गर्दै तीन वटै संस्थाले कमिसन कटौतीको निर्णय फिर्ता नभए चैत ६ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।

व्यवसायीले घोषणा गरेको आन्दोलन अन्तर्गत चैत ६ गते ग्याँस उद्योगीले निगमबाट ग्याँस खरिदको अग्रिम अनुमति नलिने, चैत १० गतेदेखि रिफाइनरीबाट ग्याँस ढुवानी रोक्ने र १४ गतेबाट ग्याँसको भन्सार नछुटाउने जस्ता कार्यक्रमहरु छन् । यस्तै १६ गतेबाट पेट्रोलियम पदार्थको अग्रिम आयात अनुमति नलिने छन् भने चैत्र २० गतेबाट देशभर ग्याँससहित सबै खालका इन्धनको बिक्री ठप्प पार्ने व्यवसायीले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?