+
+

नेपाली दर्शकलाई प्रभासको सन्देश : ‘राधे श्याम’लाई माया गरिदिनुहोला

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १६:५३

२५ फागुन, काठमाडौं । साउथ सुपरस्टार प्रभास अभिनित फिल्म ‘राधे श्याम’ शुक्रबारबाट नेपालमा पनि प्रदर्शन हुँदैछ । यो फिल्ममा प्रभासले पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

बुधबार एक भिडियो सन्देश जारी गर्दै प्रभासले नेपाली प्रशंसकलाई सम्बोधन गरेका छन् । फिल्म हेरेर आफूलाई माया गरिदिन उनले नेपाली दर्शकलाई आग्रह गरेका छन् । ‘नमस्ते नेपाल । मेरो फिल्म राधेश्याम ११ मार्चमा नेपालका फिल्म हलहरुमा रिलिज हुँदैछ । हेरेर माया गरिदिनुहोला,’ भिडिओमा प्रभासले भनेका छन् । राधाकृष्ण कुमारले निर्देशन गरेको यो फिल्म तेलुगू र हिन्दी भाषामा निर्माण गरिएको छ ।

सन् १९७० दशकको युरोपको सेटिङमा बनेको यो रोमान्टिक फिल्म नेपालमा पनि प्रतिक्षित छ । ‘बाहुबली’को प्रदर्शनयता नेपालमा प्रभासको फ्यान फलोइङ पनि उच्च छ ।

‘बाहुबली’का दुवै सिक्वेल र ‘साहो’ले नेपाली बक्स अफिसमा राम्रो कमाइ गरेका थिए । प्रभासका ‘आदिपुरुष’, ‘सलार’ र ‘प्रोजेक्ट के’ रिलिजको तयारीमा रहेका फिल्म हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?