+
+

अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १८:१६

२५ फागुन, मोरङ । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल ह्‍वाट्स एप, इमो, फेसबुकको दुरूपयोग गरी चिठ्ठा परेको भन्‍दै ठगी गरेको आरोपमा रङ्गेली नगरपालिका- ६ पिपलचोक घर भएका २० वर्षीय धिरेनकुमार मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको इलाका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाले जानकारी दिएका छन् ।

मण्डलले पीडितहरुलाई विभिन्‍न सामाजिक सञ्जालमार्फत करिब २ लाख १ हजार ठगी गरेको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?