+
+

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १२:५१

काठमाडौं । नेपालमा पहिलो र्‍याप रियालिटी सो सूरु भएको छ । मंगलबारदेखि ‘नेपहपको श्रीपेच’ नामक रियालिटी सो सुरु भएको हो । यसमा र्‍यापरहरु ‘श्रीपेच’ उपाधिका लागि र्‍याप ब्याटलमा भिडिरहेका छन् । यो रियालिटी शोमा चर्चित र्‍यापर गिरिस खतिवडा, बालेन साह र मानस घले निर्णायक भूमिकामा रहेका छन् ।

इमेज च्यानल र डी म्युजिक टीभीमा एकसाथ प्रसारण हुने कार्यक्रमको मंगलबार साँझ शुभारम्भ भएको हो । ‘नेपहपको श्रीपेच’लाई निकेश खड्काले निर्देशन गरेका हुन् । त्यस्तै, कार्यक्रममा मेन्टरको रुपमा मिस्टर डी, डेइजेन, कवि–जी र भ्योमा रहेका छन् ।

मंगलबारदेखि प्रसारण भएको कार्यक्रमलाई सुजता श्रेष्ठले सञ्चालन गरेकी छन् । कार्यक्रमलाई सुदिप पोखरेल र रोशन श्रेष्ठले कार्यकारी रुपमा निर्माण गरेका छन् ।

प्रतियोगिताका लागि ८ हजारभन्दा धेरै प्रतियोगीहरुको डिजिटल अडिसनबाट ६ सय उत्कृष्ट छनौट गरी फिजिकल अडिसन लिइएको थियो । पाँच सहरमा भएका ६ सय फिजिकल अडिसनबाट १ सय २३ जना छनौट भएर काठमाडौं आएका थिए । जसमध्ये जर्ज अडिसन राउन्डबाट ४० जना छनौट भइसकेका छन् । अब टपिक राउन्ड हुँदै अन्य राउन्डका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा विजेता बन्नेले १० लाख नगद पुरस्कार र विश्वभर सांगीतिक भ्रमण गर्न पाउने पुरस्कार राखिएको छ । त्यस्तै, दोस्रो हुने प्रतियोगीलाई ५ लाख नगद पुरस्कार र विश्वभर सांगीतिक भ्रमणको पुरस्कार प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?