+
+

महिला विश्वकप क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १२:३४

३० फागुन, काठमाडौं । बंगलादेशले आईसीसी महिला क्रिकेट विश्वकपमा पहिलो जित हात पारेको छ । न्युजिल्याण्डमा भइरहेको विश्वकपमा बंगलादेशले पाकिस्तानलाई ९ रनले पराजित गर्दै विश्वकपमै पहिलो जित हासिल गरेको हो ।

ह्यामिल्टनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पूरै ५० ओभर खेलेर ७ विकेट गुमाउँदै २३४ रन बनाएको थियो ।

जवाफमा सिद्रा अमिनले शतक प्रहार गरे पनि पाकिस्तानले ९ विकेट गुमाएर २२५ रन मात्र बनाउन सक्यो । अमिनले १४० बल खेल्दै ८ चौका मद्दतमा १०४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै नहिदा खानले ४३ रन जोडिन् ।

पाकिस्तानले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरे पनि बंगलादेशी बलरले पुनरागमन गर्दै पाकिस्तानलाई जितबाट रोके ।

बंगलादेशका लागि फहिमा खातुनले ३ तथा रुमान अहमदले २ विकेट लिइन् । यस्तै जहनारा आलाम र सल्मा खातुनले समान १ विकेट लिए ।

त्यसअघि फरगाना हकको अर्धशतक मद्दतमा बंगलादेशले २३४ रन बनाएको थियो । फरगानाले सर्वाधिक ७१ रन बनाइन् । यस्तै कप्तान निगर सुल्तानाले ४६ र शार्मिन अख्तरले ४४ रन जोडिन् ।

पाकिस्तानका लागि नश्रा सान्धुले ३ तथा फतिमा साना, निदा दार र ओमाइना सोहिलले समान १ विकेट लिए ।

८ टोली सहभागी विश्वकपमा बंगलादेशले अंकको खाता खोल्दा पाकिस्तान लगातार चौथो हारपछि अंङ्कविहीन हुँदै पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?