+
+

अपहरण मुद्दाका दोषी श्रीमान श्रीमती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते २०:५६

१ चैत, जनकपुरधाम । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेका एक दम्पतीलाई धनुषामा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-१३ बस्ने ४२ बर्षीय रामजी पासवान र ३२ बर्षीया उनकी पत्नी विभा पासवान छन् । दुबैलाई मंगलबार घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतको २०७७ माघ २२ गतेको फैसलाले पासवान दम्पतीलाई कैद तथा जरिवानाको सजाय सुनाएको थियो ।  जोगिन्द्रलाई २२ बर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना र विभालाई १७ बर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएपछि दुबै फरार भएका थिए ।

उनीहरुलाई पक्राउ गरी धनुषा जिल्ला अदालतमा पेश गर्दा अदालतले झुम्का कारागार सुनसरी पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?