२ चैत काठमाडौं । रेनान लोडीको गोलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई दोस्रो लेगमा स्पष्ट अन्तरमा पराजित गरेपछि स्पानिस क्लब एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राती भएको अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिकोले युनाइटेडलाई उसैको मैदानमा १-० ले पराजित गरर्दै समग्रमा २-१ ले नतिजा आफ्नो पक्षमा पारेको हो । ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जिताउन रेनान लोडीले ४१औं मिनेटमा एन्टोनियो ग्रीजम्यानको पासमा गोल गरेका थिए ।
यसअघि भएको पहिलो लेगमा युनाइटेड र एट्लेटिकोले १-१ को बराबरी खेलेका थिए ।
यस्तै पोर्चुगिज क्लब वेनफिका डच क्लब अयाक्सलाई समग्रमा ३-२ ले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-२ को बराबरी खेलेको वेनफिका दोस्रो लेगमा डार्विना नुनेजको गोलमा अयाक्सलाई १-० ले पराजित गरेको हो ।
प्रतिक्रिया 4