
२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रामक भएर चुनावमा जानुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘हामी आक्रामक हुँदा मात्र जित्छौं, रक्षात्मक मात्र भएर होइन ।
२०६४ को चुनाव हामीले आक्रामक भएरै जितेको हो ।’ पार्टी पंक्ति दुई महिना लाग्ने हो भने चुनाव जित्न सकिने उनले बताएको एक सहभागीले जानकारी दिए ।
माओवादी केन्द्रलाई हराउने र दुई पार्टी मात्र गराउने षड्यन्त्र भइरहेको भन्दै उनले अघि भने, ‘प्रतिक्रियावादीहरुको निशाना अहिले पनि माओवादी माथि छ । यो दुई महिना हामी सेना भएर निस्कनुपर्छ । हामी जित्छौं ।’
उनले गटबन्धनमा देलान र खाउँला भन्ने मानसिकता त्याग्न समेत नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4