+

पीएनजीविरुद्ध रोहित र आरिफको शतकीय साझेदारी

२०७८ चैत  २ गते १७:४२ २०७८ चैत २ गते १७:४२
पीएनजीविरुद्ध रोहित र आरिफको शतकीय साझेदारी

२ चैत, काठमाडौं । विश्वकप क्रिकेट लिग टू अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा नेपालका रोहितकुमार पौडेल र आरिफ शेखले कीर्तिमानी शतकीय साझेदारी गरेका छन् ।

२०५ रनको लक्ष्य पछ्याउने क्रममा कमजोर सुरुवात गरेको नेपालका लागि रोहित र आरिफले पाँचौं विकेटका लागि शतकीय साझेदारी गरेका छन् । यो एकदिवशीय अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक साझेदारीसमेत हो ।

यसअघि सन् २०२१ को सेप्टेम्बरमा लिग टू अन्तर्गतनै ओमानविरुद्ध ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए ।

१५ ओभरमा शीर्ष क्रमका ब्याटरहरु क्रमसः कुशल भुर्तेल (१), ज्ञानेन्द्र मल्ल (४), दीपेन्द्र सिंह ऐरी (८) र आसिफ शेख (१६) आउट हुँदा नेपाल ४२–४ को स्थितिमा पुगेको थियो ।

त्यसपछि रोहित र आरिफले संहालिएको ब्याटिङ प्रदर्शन गरे । रोहित ५८ रन बनाएर आउट भए । उनले ८२ बलमा ४ चौका प्रहार गरे । एकदिवशीयमा करिअरको चौथो अर्थशतक पूरा गर्ने क्रममा रोहितले ७१ बलमा अर्धशतक पूरा गरेका थिए । आरिफ ४७ रन बनाएर खेलिरहेका छन् ।

नेपाललाई जितका लागि १३ ओभरमा ६२ रन आवश्यक छ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय