+
+

ओलीलक्षित प्रचण्डको टिप्पणी : खलनायकलाई अझै पुगेको छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १८:०५

२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी केपी शर्मा ओलीलाई खलनायकको संज्ञा दिएका छन् । र, उनीप्रति प्रहार अझैं नपुगेको बताएका छन् ।

बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित गैरभौगोलिक प्रदेश समितिहरुको प्रशिक्षणमा प्रचण्डले ‘प्रतिक्रियावादीहरु’ अझै ओलीलाई बचाउन लागि परेको आरोप समेत लगाए । ‘अझै पुगेको छैन खलनायकलाई,’ एमाले अध्यक्ष ओलीको नाम नलिई भने, ‘दिन त हामीले पुर्‍याएर दिएकै हो । बालुवाटारबाट बालकोट, सबै प्रदेशबाट घर–घर पुर्‍यादिइम् । तर अझ जति पुग्नुपर्ने हो, पुगेको छैन क्या !’

प्रचण्डले थपे, ‘(देशभित्र र बाहिरका) प्रतिक्रियावादीहरु उनलाई बचाउन कस्सिएका छन् । माओवादी आउला कि भनेर सातो गएको छ उनीहरुको । उनीहरुको सातो गए जाओस्, कम्युनिज्मको भूत भन्या जस्तो हामी माओवादी भूत भएर निक्लिनुपर्‍यो एकचोटी । यिनीहरुको सातो खानुपर्‍यो, अनि जित्छौं हामीले ।’

ओलीसँगको वार्ता किन असफल ?

सम्बोधनका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहयता परियोजना एमसीसी अनुमोदनका बेला बानेश्वरमा एमाले अध्यक्ष ओली लगायतका नेताहरुसँग भएको वार्ताबारे पनि कार्यकर्तालाई जानकारी गराएका छन् । उनले त्यो वार्ता किन सफल हुन सकेन भनेर व्याख्या समेत गरे ।

प्रचण्डकै शब्दमा बानेश्वर वार्ता :

त्यतिविधि शेरबहादुरजी मात्रै एमालेलाई फकाउने ? लास्टै पर्‍यो भने त हामी पनि फकाउन जाम भनेर म, नारायणकाजी, देव गुरुङ, शक्ति बस्नेत गइयो केपी कहाँ । राष्ट्र संकटमा छ, केके हुने हो भनेर सल्लाह गरेर केपीकहाँ गइयो ।

मैले ओलीसँगको एकल वार्तामा बडो गम्भीर ढंगले कमरेड हिजो तितो मिठो जे–जे भएको भएपनि आज देश संकटमा पर्‍यो । तपाईं–हामी फेरि सहकार्य गर्न थालौं । आखिर यो देशलाई संकटमा बचाउने त वामपन्थीले नै त हो भनेर मिठो भाषामा भनेँ । उनले चाहिं तपाईं आउनुभयो ठीकै भयो, म दुई/तीनवटा कुरा भन्छु भने ।

पहिले त्यो सभामुख हटाउनुहोस्, त्यसपछि १९ पृष्ठको दस्तावेज जुन पहिले पेस गरिएको थियो, त्यो गल्ती भयो भनेर खारेजको घोषणा गर्नुहोस् भने । अहिले आएर त्यो १९ पृष्ठ लामो दस्तावेज गल्ती भयो भनेर खारेज गर्ने भन्छन् ।

माधव लगायत गैरसांसदलाई हटाउनुहोस्, अनि मात्रै सोच्न सकिन्छ भनेपछि मलाई के दशा लागेर आइएछ यो बैगुनीकहाँ भनेजस्तो भयो । त्यसपछि अरु साथीहरु (नारायणकाजी लगायत) लाई बोलाएँ ।

एमालेतिर पनि अरु साथीहरु थिए । दुई जनाबीच के–के भयो भनेर ‘ब्रिफिङ’ गर्दा हाम्रो गुरुङजी विचरा सोझो मान्छे । उहाँले यो राष्ट्रिय स्वाधीनताको विषयमा त‍‍‍… भनेर के भन्दै हुनुहुन्थ्यो, के को राष्ट्रिय स्वाधीनता (चर्को स्वरमा), त्यो एमसीसी ठीक छ भनेपछि चाहिँ हामी सबैलाई यो हुने ठाउँ होइन, बेकारमा आइएछ भन्ने लाग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?