
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको ‘बीओके डिबेन्चर २०८६ (क)’ ऋणपत्र जारी गर्न एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले बुधबार ऋणपत्र सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।
यस बैंकले ९९ शाखा, ८७ एटीएम र १० एक्सटेन्सन काउन्टरहरु मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4