+
+

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते ६:३५

३ चैत, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार राति जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर-१ झेदीमा लु३त २८३३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा पट्याक्टर चालक इस्मा गाउँपालिका वडानम्बर-६ निवासी ३१ वर्षको रेशम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर झेदी स्थित सडक निर्माणमा कार्यमा प्रयोग हुँदै  आएको प्रहरीले जनाएको छ ।

मृतक चालकको शव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?