+
+

लिभरपुलले शीर्ष स्थानको सिटीसँग अंकदूरी १ मा घटायो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते ९:०१

३ चैत काठमाडौं । प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुलले आर्सनललाई २-० ले पराजित गरेको छ । यस जितपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंक दूरी १ मा झारेको छ।

बुधबार राति आर्सनलको मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे ।

पहिलो हाफको खेल गोलरहित बराबरिमा सकिए पनि लिभरपुलका लागि जोटाले ५४औं  र फिर्मिन्होले ६२औं मिनेटमा गोल गरे ।

जितपछि लिभरपुलले २९ खेलबाट ६९ अंक जोड्दै उपाधि होडमा सिटीलाई चुनौती दिएको छ ।  समान खेलबाट सिटीको ७० अंक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?