+
+

बाइडेन र सीबीच आज कुराकानी हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १३:४५

४ चैत, काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज टेलिफोनमा कुराकानी हुँदैछ ।

रुससँग चीनको सम्बन्ध र थप क्रूर बन्दै गइरहेको युक्रेन युद्धप्रति उसको अडानलाई लिएर अमेरिकाले चिन्ता व्यक्त गरिरहेका बेला दुवै राष्ट्रपतिले कुराकानी गर्न लागेका हुन् । बाइडेन र सीबीच नोभेम्बरपछि पहिलो पटक सिधा कुराकानी हुन लागेको ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकाले युक्रेनमा आक्रमण गरेको रुसलाई कुनै पनि सैन्य सहायता नदिन चीनलाई चेतावनी दिइसकेको छ ।

शुक्रबारको कुराकानीमा बाइडेनले रुसी हमलाप्रति समर्थन जनाए परिणाम भोग्नु पर्ने भनेर प्रस्ट रुपमा बताउने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले जानकारी दिएका छन् ।

चीनले पुटिनसँगको सम्बन्धलाई प्रयोग गरी आफ्नो प्रतिबद्धता अनुसार अन्तर्राष्ट्रिय कानुन एवं सिद्धान्तको रक्षा गर्नुपर्ने पनि ब्लिङ्केनको भनाइ छ ।
युक्रेनमा आक्रमण गरेपछि अमेरिकासहितका पश्चिमा मुलुकले रुसमाथि कडा प्रतिबन्ध लगाइसकेका छन् ।

तर युक्रेन र रुस दुबैसँग गहिरो सम्बन्ध रहेको चीनले भने हालसम्म कुनै प्रतिबन्ध लगाएको छैन । युक्रेनको सार्वभौमसत्ताप्रति समर्थन गर्दै आएको चीनले रुसको सिँधै आलोचना पनि गरेको छैन । तर रुसकव सुरक्षा चासो सम्बोधन गरी जारी संकट वार्तामार्फत् हल हुनुपर्ने उसको भनाइ छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?