+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

फुटबल खेलाडी एञ्जिलाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १६:५०

४ चैत, काठमाडौं । नेपाली महिला फुटबलकी पहिलो नम्बरकी गोलरक्षक एन्जिला तोम्बापोको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’को घोषणा गरिएको छ । केन्द्र मोसन पिक्चर्स र मुन लभ इन्टरटेनमेन्टको सहकार्यमा फिल्म बन्ने भएको हो । नेपालमा पहिलोपटक कुनै खेलाडीको जीवनमा आधारित भएर बायोपिक बनाउन लागिएको यो पहिलोपटक हो ।

मिलन चाम्सले निर्देशन गर्ने यो फिल्ममा एन्जिलाको केन्द्रीय भूमिका रहने यो फिल्ममा दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको पनि अभिनय रहनेछ । यश थापाको लेखन रहने फिल्मको निर्मातामा प्रेमकुमार श्रेष्ठ छन् भने सहनिर्मातामा केन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश अग्रवाल छन् ।

यसअघि दुईवटा बायोपिकको निर्देशन गरिसकेका उनको निर्देशनमा यो तेस्रो बायोपिक फिल्म हो । ‘यो बायोपिक निर्माण गर्न मैले धेरै अध्ययन अनुसन्धान गरेको छु,’ एन्जिलाको कथा अन्यको भन्दा फरक छ,’ उनले भने । एञ्जिलाको कथाले धेरै युवा तथा स्कुल पढ्दै गरेका विद्यार्थीलाई प्रेरणा दिने उनले बताए ।

अभिनेता दयाहाङ राईले यस फिल्मको माध्यमबाट खेलक्षेत्रलाई अझ नजिकले बुझ्ने अवसर पाउने बताए । ‘म खेलकुदलाई नजिकबाट हेर्छु तर यो फिल्मबाट खेलाडीको जीवनलाई नजिकबाट महसुस गर्नेछु,’ उनले भने ।

खेलाडी एन्जिलाले आफ्नो बायोपिकका लागि मण्डला थिएटरमा अभिनय सिकिरहेकी छन् । उनले भनिन्, ‘मेरो कथालाई मन पराएर मलाई विशेष पात्रको रुपमा छानिदिनु भएका निर्देशक टिम, मेरा प्रशिक्षक, टिमका साथीहरु, विभाग तथा एन्फालाई धेरै धन्यवाद दिन चाहन्छु।’

निर्माता श्रेष्ठका अनुसार फिल्मको छायाङ्कन जेठ दोस्रो साताबाट सुरु हुनेछ । इलामको फिक्कल र काठमाडौंमा छायाङ्कन हुने फिल्म आगामी दशैं आसपासमा प्रदर्शन गर्ने तयारी रहेको श्रेष्ठले जानकारी दिए ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?