+
+

फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ५ गते १२:३५

५ चैत, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकामा फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण भएको छ ।

लालबन्दी नगरपालिका वडा नम्बर १२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा स्थानीय युवाहरुले पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) रामएकबवाल यादवमाथि आक्रमण गरेका हुन् ।

बिहीबार राति फरार अभियुक्तलाई समात्न जाने क्रममा उनीमाथि आक्रमण भएको सर्लाही प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले जानकारी दिए । घाइते यादवको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमण गर्ने समूह फरार भएको र उनीहरुको खोजी भइरहेको एसपी प्रसाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?