+
+

थाइल्याण्डलाई जित्ने आशा छ : अल्मुताइरी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १८:२०

६ चैत, काठमाडौं । थाइल्याण्डको राष्ट्रिय फुटबल टिम र त्यहाँको शीर्ष श्रेणीको क्लब चोङबुरी एफसीसँग मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम सोमबार थाइल्याण्ड जाँदैछ ।

टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आइतबार एक कार्यक्रमकाबीच बिदाई गर्‍यो ।

बिदाईपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही अनुभवि राष्ट्रिय खेलाडीबिना तयारी गरे पनि फिफा वरियतामा सुधार हुने गरी प्रदर्शन गर्ने बताए ।

उनले फुटबलमा सबै खालको सम्भावना हुने प्रतिक्रिया दिए । ‘हामी मन देखि खेल्छौँ । यो मैत्रीपूर्ण खेल हो । मलाई आशा छ हामी जित्छौँ’, अल्मुताइरीले भने ।

थाइल्याण्ड नेपाल भन्दा फिफा वरीयतामा ५५ स्थान माथि छ । थाइल्याण्ड ११२औं र १६७औं स्थानमा छ । नेपाल भन्दा बलियो टिमलाई जित्ने वास्तविक रुपमा कत्तिको सहज छ भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो जित्ने सम्भावना ५०(५० प्रतिशत हो । हामी ११ खेलाडी हो उनीहरु पनि ११ खेलाडी नै हो । यो नै फुटबल हो’, अल्मुताइरीले भने ।

नेपालले अहिलेसम्म थाइल्याण्डलाई हराउन सकेको छैन । यसपटक लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका खेलाडी एएफसी कप प्रारम्भिक चरणको खेलका लागि तयारीमा रहेकोले राष्ट्रिय टिममा छैनन् ।

तर प्रशिक्षक अल्मुताइरीले टिममा जो छन् उनीहरुमा नै विश्वास राखेर खेल्ने बताए । उनले छोटो समयको तयारी भएपनि थाइल्याण्डमा हुने दुई मैत्रीपूर्ण खेललाई एएफसी एसियन कप छनोटको तयारीको रुपमा लिने बताएका छन् ।

गोलकिपर किरण कुमार लिम्बुको कप्ताद्दीमा रहेको २४ सदस्यीय नेपाली टिममा नयाँ अनुहारहरु धेरै छन् । केही खेलाडीले अझै डेब्यु गर्न पनि बाँकी छ । उनले खेलाडीको लागि पिन यो अवसर रहेको बताए ।

माल्दिभ्समा लिग खेलिरहेका किरण र इन्डोनेसियामा लिग खेलिरहेका रोहित चन्द भने सिधै थाइल्याण्ड जाने एन्फाले जनाएको छ ।

नेपालले फिफा मिति अन्तर्गत यही चैत १० गते थाईल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै चैत १३ गते थाई शीर्ष डिभिजनको क्लब चुनबुरीसँग खेल्नेछ ।

प्रशिक्षक अलमुताइरीले एसियन कप छनोटमा जोर्डन, कुवेत र इन्डोनेसिया जस्टा टिमहरुसँग खेल्नुपर्ने भएकोले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको बताए । आगामी जुनमा हुने एसियन कप छनोटको तेस्रो चरणमा नेपाल समूह एमा परेको छ । नेपालको समूहमा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । छनोटमा थाइल्याण्ड, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंकाको समूहमा छ ।

नेपाली टोली :

किरण कुमार लिम्बु (कप्तान), टिकेन्द्र थापा, दिप कार्की, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, प्रशान्त अवस्थी, अन्जन विष्ट, एरिक विष्ट, नविन गुरुङ, नितिन थापा, दर्शन गुरुङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, तेज तामाङ, सुबास गुरुङ, रोहित चन्द

अफिसियल :

ईन्द्रमान तुलाधर, हेड अफ डेलेगेट्स

अब्दुल्लाह अल्मुताइरी, मुख्य प्रशिक्षक

किरण श्रेष्ठ, सहायक प्रशिक्षक

विकास मल्ल, गोलकिपिङ प्रशिक्षक

आभिष्कार पुडासैनी, फिजियोफ

विवेक रेग्मी, मिडिया अफिसर

विकास गुरुङ, किट पर्सन

कृष्णभक्त मानन्धर, टिम कोअर्डिनेटर

मधुसुदन उपाध्याय, व्यवस्थापक

विजय घले, अफिसियल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?