+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उपेन्द्र यादवको गुनासो : कांग्रेसले न्यूनतम साझा कार्यक्रमलाई नदेखे झैं गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १७:०१

७ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसप्रति असन्तुष्टि जनाएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक मञ्चमै सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनमा नेपाली कांग्रेसले चासो नदिएको गुनासो गरेका हुन् ।

न्यूनतम साझा कार्यक्रममा नागरिकता समस्या, संविधान संशोधन, समावेशीकरण, संघीय प्रणालीको कार्यान्वयन लगायतका विविध विषय समेटिएको भन्दै उनले भने, ‘दुःखका साथ भन्नुपर्छ, कांग्रेस नेतृत्वको सरकारले साझा कार्यक्रमलाई देखेर पनि नदेखेको जस्तै गरेको छ ।’

वीरगञ्जमा आयोजित कार्यक्रममा यादवले सरकार बनाउनुअघि धेरै सम्झौता सहमतिमा हस्ताक्षर गर्ने तर कार्यान्वयन नगर्ने गरेको बताए । उनले अघि भने, ‘जुन साझा कार्यक्रमको जगमा सरकार बनेको छ । कांग्रेसले त्यसको कार्यान्वयन गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?