+
+

दमकमा महिन्द्रा ट्याक्टरको शोरुम र सर्भिस सेन्टर स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १७:५९

काठमाडौं । अग्नि ग्रुपल दमकको क्यापस मोडमा महिन्द्रा ट्याक्टरको नयाँ ट्याक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार त्यस क्षेत्रमा रहेको यो अग्नि ग्रुपको आधिकारिक पूर्ण सुविधासम्पन्न शोरुम हो ।

दमकलगायत यस आसपासका ग्राहकहरूलाई गुणस्तरीय सेवा दिने उदेश्यका साथ नयाँ ट्याक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ ।

शोरुमले महिन्द्राका युवराज २१५, जिवो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, यवो र नोभो आदिको ग्राहकहरूलाई बिक्री तथा सेवाका साथौ सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने अग्नि ग्रुप दमकका शाखा प्रमुख कौशल शाहले जानकारी दिए ।

यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरू ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले नयाँ उद्यमी र कृषकहरूलाई फाइदा पुग्ने विश्वास कम्पनीले लिएको छ ।

शोरुम उद्घाटन कार्यक्रममा अग्नि ग्रुपकाका प्रबन्ध निर्देशक क्याबिनेट श्रैष्ठ, लोकत्रान्तिक वाणिज्य संघका संयोजक बबरजंग थापा, निम्स हस्पिटलका उपाकान्त आचार्य, टीएमटी व्रिक्स उद्योगका निर्देशक रवी केसी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?