
काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा सस्तोडिलले एक हप्ते ‘मोबाइल हप्ता’ क्याम्पेन सञ्चालन गर्ने भएको छ ।
यो एक हप्ते क्याम्पेन २२ मार्चदेखि सुरु भई २८ मार्चमा सम्पन्न हुनेछ । यस एक हप्ते योजना अवधिभर मोबाइल किन्ने ग्राहकहरुले लोभ लाग्दो उपहार जित्न सक्नेछन् ।
योजना सुरु हुनुभन्दा ३ दिन अघि सस्तोडिलले अर्ली बर्डका लागि प्रि बुकिङ सुरु गरेको थियो . जसमा ५०० भन्दा बढी ग्राहकले आफ्नो अर्डर दिइसकेका छन् र अफरहरु जित्ने कोटा सुरक्षित गरी सकेका छन् ।
योजना अवधिभर ग्राहकहरुले हरेक मोबाइल फोन खरिदमा ५ हजार रुपैयाँसम्मको छुट भौचर पाउनेछन् । ग्राहकको सहजताका लागि सस्तोडिलले एनआईसी एसिया बैंकसँग हातेमालो गरी ० प्रतिशत ईएमआईमा फोन लिन मिल्ने सुविधा पनि अघि सारेको छ । यसका साथै एनआईसी एसिया बैंकको डेबिट/क्रेडिट कार्ड भएका ग्राहकहरुले थप १५ प्रतिशत (१ हजार ५०० रुपैयाँ) सम्मको छुट पनि पाउनेछन् ।
ग्राहकहरुले लामो समयदेखि यस योजनाको पर्खाइमा रहेको र आकर्षक उपहार जित्नका लागि निक्कै नै उत्साहित रहेको सस्तोडिलका हेड अफ मार्केटिङ रितिक शाही दाबी गर्छन् । यस अफर अवधिभर मोबाइल फोन खरिद गर्ने ग्राहकहरुले नेपालभर फ्रि डेलिभरीको सुविधा पनि पाउने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4