+
+

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रासस रासस
२०७८ चैत १० गते ९:०४

१० चैत, मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१९ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

बिहान २ बजेको समयमा भुन्द्रुङबाट बस्तीपुर हाइवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्याक्टर उक्त स्थानको राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचाक पुल भाचिंदा दुर्घटना भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

मृतक स्याङ्तान ट्याक्टर चालक हुन् । उनको शव पानीमुनि ट्याक्टरले च्यापिएको अवस्थामा ३ः३० बजेको समयमा फेला परेको प्रहरीले जनाएको छ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?