
१० चैत, विराटनगर । नेपाली काङ्ग्रेस प्रदेश १ प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन् । प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेपछि प्रमुख सचेतक पद रिक्त थियो ।
बिहीबार काङ्ग्रेस प्रदेश १ संसदीय दलले राईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । राई यसअघि संसदीय दलको सचेतक थिए ।
काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई दलको विधान अनुसार प्रमुख सचेतक नियुक्त गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4