+
+

जीवन बीमा कम्पनीको पूँजी ५ अर्ब पुग्यो, निर्जीवनको २.५ अर्ब

बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि भएको छ । चुक्ता पूँजी वृद्धि भएसँगै अब जीबन बीमा कम्पनीहरुको चुक्ता पूँजी ५ अर्ब हुनुपर्नेछ भने निर्जीवन बीमा कम्पनीहरुको २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्नेछ ।

रोयल आचार्य रोयल आचार्य
२०७८ चैत १० गते १९:१८

१० चैत, काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि भएको छ । बिहीबार साँझ बसेको बीमा समितिको बोर्ड बैठकले पूँजी वृद्धि गर्ने निणर्य गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अब जीबन बीमा कम्पनीहरुको चुक्ता पूँजी ५ अर्ब हुनुपर्नेछ भने निर्जीवन बीमा कम्पनीहरुको २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्नेछ ।

यस अघि जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँमात्रै थियो ।

कार्यकारी निर्देशक पौडेलका अनुसार बीमा समितिले चुक्ता पुँजी वृद्धिको कार्ययोजना पेश गर्न तत्कालै निर्देशन दिइनेछ । निर्देशन दिएको मितिले ३० दिनभित्र बीमा कम्पनीहरुले पुँजी वृद्धिको कार्ययोजना पेश गर्नुपर्नेछ । पुँजी वृद्धिका लागि समिितले एक वर्षको समय कम्पनीहरुलाई दिनेछ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?