
११ चैत, काठमाडौं । नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीवीसी)को तत्वाधानमा म्याक्स बक्सिङ प्रमोसनद्वारा बिहीबारका दिन क्लब फरेनहाइट ठमेलमा ऐतिहासिक पहिलो दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिप सम्पन्न भएको छ ।
दर्शकहरूको उत्साहजनक सहभागिता रहेको च्यामपियनसिपमा सुपर बेन्टाम वेइट ५५ केजी तौलमा नारायण भुजेलले निशम घर्तीमगरलाई अंकका आधारमा पराजित गरे ।
त्यसै गरी सुपरफेदर वेइट ५८ केजी तौलमा अनिल कुमार पुन मगरले पेम्पा शेर्पालाई नकआउटका आधारमा पराजित गरे भने वेल्टर वेइट ६६ केजी तौलमा भरत चन्दले शिवलाल घर्तीमगरलाई अंकका आधारमा पराजित गरे ।
इलाइट बक्सिङ सिरिजका रुपमा रहने उक्त प्रो बक्सिङ च्यापियनसिपको को-मेन इभेन्टको रुपमा रहेको सुपर लाइट वेइट ६३ केजी तौलमा बंगलादेशका मुक्केबाज जोयनुल इश्लामले नेपालका अजित मगरलाई प्रतिष्पर्धात्मक खेलमा अंकका आधारमा पराजित गरे।
त्यसैगरी मुख्य इभेन्टको रुपमा रहेको लाइट वेइट ६१ केजी तौलमा नेपालका महेन्द्र चन्द ठकुरीले भारतका मुक्केबाज सुमित सिंहलाई अंकका आधारमा पराजित गरे ।
खेलाडीहरूलाई क्या. विजय लामा, नेपाल प्रोफेशनल बक्सिङ कमिसन (एनपीवीसी) का अध्यक्ष राजन प्रजापति, म्याक्स बक्सिङ प्रमोसनका म्याक्स बस्नेत लगायतले नगद पुरस्कार तथा मेडल प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4