
११ चैत, काठमाडौं। बैंकिङ कसूर मुद्दामा एकजना फरार अभियुक्तलाई महानगरीय अपराध महाशाखाको टोली पक्राउ गरेको छ ।
काठमाडौंको बुढानीलकण्ड नगरपालिका-८ घर भई जितपुर सिमरा उपमहानगरपालिका-४ बस्दै आएका ६८ वर्षीय कृष्णबहादुर थापालाई बुधबार अपराध महाखाको टोलीले पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले कसूरमा दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र १ करोड २५ लाख बिगो बापतको रकम जरिवाना सुनाएको थियो ।
थापाले सो रकम दाखिला नगरी फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थापालाई फैसला कार्यान्वयनाका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको अपराधमहाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4