
काठमाडौं । रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि पाँचौं अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्यूगिनीविरुद्धभइरहेको खेलमा अर्धशतक प्रहार गर्दै रोहितले नेपालका लागि सर्वाधिक अर्धशतक बनाउने खेलाडी बने । उनले ४ अर्धशतक प्रहार गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई उछिनेका छन् ।
रोहितले ५४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २८ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4