+
+

देव र दीपेन्द्रको कीर्तिमानी साझेदारीपछि सम्हालिँदै नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते ११:३०

१२ चैत, काठमाडौं । देव खनाल र दीपेन्द्र सिंह ऐरीले पपुवा न्यु गिनीविरुद्ध कीर्तिमानी शतकीय साझेदारी गरेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा देव र दीपेन्द्रले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।

पाँच रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालको इनिङ्स देव र दीपेन्दरले सम्हालेका थिए । देव र दीपेन्द्रले ओडीआईमा नेपालका लागि पहिलो अर्धशतकसमेत बनाइसकेका छन् ।

यी दुईले शतकीय साझेदारी गर्दै नेपालको इनिङ्सलाई अघि बढाइरहेका छन् ।

तेस्रो विकेटका लागि यसअघि ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले २०२१ मा पीएनजीविरुद्ध नै ८९ रनको साझेदारी गरेका थिए । देव र दीपेन्द्रले त्यो कीर्तिमान तोडिसकेका छन् ।

यसअघि नेपालका लागि रोहित पौडेल र आरिफ शेखको नाममा रहेको सर्वाधिक १०४ रनको साझेदारीको कीर्तिमान समेत तोडिसकेका छन् ।

देव र दीपेन्द्र अहिले १२६ रनको साझेदारी गर्दै ब्याटिङ गरिरहेका छन् । नेपालले २९ ओभर खेल्दा २ विकेट गुमाएर १३१ रन बनाएको छ । देव ७१ र दीपेन्द्र ५३ रन बनाएर खेलिरहेका छन् ।

तेस्रो विकेटका लागि १२९ रनको साझेदारी पछि देव खनाल आउट भएका छन् । देवले ८६ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?