+
+

हेटौंडा मेयर कप चेसको उपाधि क्षितिजलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते १८:१८

१२ चैत, काठमाडौं । फिडेमास्टर क्षितिज भण्डारीले हेटौंडा मेयर कप र्‍यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन् ।

नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताका सात खेलमा पाँचमा जित र दुईमा बराबरी गरेका क्षितिजले ६ अंक बनाउँदै उपाधिसँगै नगद ५० हजार रुपैयाँ समेत प्राप्त गरे ।

पाचौं तथा सातौं चरणमा क्रमशः झापाका प्रकाश नेपाल र फिडेमास्टर मनिष हमालसँग बराबरीको नतिजा निकालेका क्षितिजले छैटौं चरणमा फिडेमास्टर रुपेश जयसवाललाई हराएका थिए ।

झापाका प्रकाश र धनकुटाका सुमन श्रेष्ठलाई ट्राइब्रेकरमा पछि पार्न सफल भएका क्यान्डिडेटमास्टर कृष्ण थापाले दोस्रो हुँदै २५ हजार रुपैयाँ हात पारे । समान ५ दशमलब ५ अंक बनाएका प्रकाश तेस्रो र सुमन चौथो स्थानमा रहँदै क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।

फिडेमास्टर मनिष हमाल सात खेलबाट पाँच अंक बनाउँदै पाचौं स्थानमा रहेर १० हजार नगद प्राप्त गरे । त्यसैगरी समान पाँच अंक बनाएका फिडेमास्टर रुपेश जयसवाल, झापाका राजन सुवेदी र प्युठानका श्रीकृष्ण श्रेष्ठ क्रमशः छैटौं, सातौं र आठौं हुँदै सात–सात हजार नगद हासिल गरे ।

समान ४ दशमलब ५ अंक बनाएका झापाका सुश्रुत दाहाल नवौं र दोलखाका आशिष फुँयाल दशौं हुँदै सात–सात हजार नगद प्राप्त गरे । समान ४ दशमलव ५ अंक बनाउँदै धनुषाका सुशील  चौधरी, तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रिलाल नेपाली, चितवनका सन्तोष गौतम, काठमाडौंका पुरुषोत्तम सिलवाल र बाराका निर्मल सापकोटा क्रमशः एघारौंदेखि पन्ध्रौं स्थानमा रही पाँच–पाँच हजार नगद हासिल गर्न सफल भए ।

पूर्व राष्ट्रिय महिला च्याम्पियन सिन्दिरा जोशी महिला खेलाडीमध्ये अब्बल हुँदै नगद ५ हजार प्राप्त गरिन् भने रामेछापका बिमल सुवेदी अनरेटेडतर्फ पहिलो हुँदै ५ हजार नगद हात पारे ।

त्यसैगरी काठमाडौका विजय टमाटा (१०००–१२९९), रुपन्देहीका चमन गाहा मगर (१३००–१४९९), चितवनका जुनानाथ सापकोटा (१५००–१६९९) र मकवानपुरका बलराम संजेल (१७००–१८९९) रेटिङ क्याटागोरीतर्फ पहिलो हुँदै पाँच–पाँच हजार नगद हासिल गर्न सफल भए ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका संगठन विभाग प्रमुख दिपेन्द्र दाहाल लगायतले पुरस्कार वितरण गरे ।

हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा सम्पन्न दुई दिने प्रतियोगितामा विभिन्न जिल्लाका ३ महिला समेत ५२ जना खेलाडीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?