+
+

६३ करोड लगानीमा देवघाटमा पनि बन्ने भयो तीनमुखे पुल 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १४:०४
देवघाट ट्रिज आयोजनाको निर्माण योजनाको खाका

१३ चैत, काठमाडौं । नेपालको चर्चित धार्मिकस्थल देवघाटमा अर्को धार्मिक स्थल रिडीमा जस्तै तीनमुखे पुल (ट्रिज) बन्ने भएको छ ।

देवघाटमा तीन जिल्ला (चिवतन, नवलपुर र तनहुँ) लाई जोड्ने गरी देवघाट ट्रिज आयोजना बन्ने भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहतका स्थानीय पूर्वाधार विभागबाट कार्यान्वयन हुने यो आयोजनाको अनुमानित लागत ६३ करोड रुपैयाँ रहेको छ ।

विभागले यो आयोजनाको विस्तृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । यसअघि यस्तो डिजाइनको पुल गुल्मी, पाल्पा र स्याङ्जालाई जोड्ने गरी रिडी क्षेत्रमा बनिरहेको छ । यस्तो संरचना निर्माण हुने दोस्रो गन्तव्य देवघाट बन्ने भएको छ । यी दुई क्षेत्र धार्मिक दृष्टिकोणबाट नेपालका चर्चित गन्तव्यमा पर्छन् ।

देवघाटमा त्रिशुली नदी र कालीगण्डकी नदीको दोभान क्षेत्रमा आयोजना बन्ने भएको छ । अहिले यस क्षेत्रमा रहेका तीन जिल्लालाई एक साथ जोड्ने अर्को संरचना छैन । चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिकालाई त्रिशुली नदीमाथिको झोलुंगे पुलले जोड्छ ।

देवघाट ट्रिज आयोजनाको निर्माण योजनाको खाका ।

यता, गैंडाकोट नगरपालिकाको कैलाडी र हर्दी क्षेत्र भने जोडिएको छैन । यस्तो तीन मुखे पुलले तीन जिल्लालाई एक साथ जोड्ने प्रतिवेदनमा उल्लेख छ । यसले सो भेगको धार्मिक तथा आर्थिक गतिविधिमा समेत वृद्धि हुने आयोजनाको दाबी छ ।

आयोजनाको कुल लागत ६३ करोड ३५ लाख ७५ हजार ५ सय ४० रुपैयाँ अनुमान गरिएको छ । यो आयोजनाको आयु १ सय वर्ष रहने रहने गरी डिजाइन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?