+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने

बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १९:१२

१३ चैत, काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधरणका लागि साधारण सेयर आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आईपीओ जारी गर्न आइतबार प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ ।

८ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको निर्माण कार्य प्राधिकरणलाई विद्युत् बिक्री गरिरहेको छ ।

कम्पनीले आफ्नो कायम जारी पूँजीको ४४ प्रतिशत बराबरले हुन आउने ४७ करोड ५२ लाख रुपैयाँ बराबरको ४७ लाख ५२ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि निष्कासन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?