
News Summary
Generated by OK AI. Editorially reviewed.- सागर डिस्टिलरीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सेयर १२ असोजमा बाँडफाँट भएको छ।
- कम्पनीले ३० भदौदेखि ९ असोजसम्म ११ लाख ९० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो।
- १ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।
१ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले सागर डिस्टिलरीको सेयर प्राप्त गरेका छन्।
१२ असोज, काठमाडौं । सागर डिस्टिलरीले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको (आईपीओ) सेयर बाँडफाँट भएको छ।
९ असोजसम्म आवेदन खुला गरिएको कम्पनीको साधारण सेयर आइतबार बाँडफाँट भएको हो।
कम्पनीले ३० भदौदेखि ९ असोजसम्म सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य रहेको कम्पनीको उक्त सेयरका लागि कुल २२ लाख २७ हजार ५ सय ३ जनाले २ करोड ४२ लाख ८० हजार ५ सय ८० कित्ता सेयरका लागि आवेदन दिएका थिए।
जसमध्ये २१ लाख ९३ हजार ८ सय २३ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार १ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । कम्पनीको उक्त सेयर बाँडफाँटको नतिजा सीडीएससी आईपीओ रिजल्टमा गएर हेर्न सकिन्छ।
प्रतिक्रिया 4