
काठमाडौं । दक्षिण भारतीय अभिनेता यश स्टारर फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज भएको छ । निर्माण पक्षले आइतबार यो बहुप्रतीक्षित फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।
प्रशान्त नीलले निर्देशन गरेको फिल्मको ट्रेलरमा यश, सञ्जय दत्त, रविना टण्डनलगायतलाई देखाइएको छ ।
फिल्ममा श्रीनिधि सेट्टी, प्रकाश राज र माल्विका अविनाशको पनि अभिनय रहेको छ । यसको अघिल्लो सिरिज ‘केजीएफ’ले बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो ।
‘केजीएफ च्याप्टर २’ आगामी अप्रिल १४ अर्थात् वैशाख १ गते रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4