
१३ चैत, काठमाडौं । उमेद्वार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजिनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचार संहिता विरुद्धको रिट निवेदनको सुनुवाइ एक साताको लागि सरेको छ ।
न्यायाधीशहरु प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासमा परेको निवेदन हेर्न नभ्याइएका कारण आइतबार सुनुवाइ हुन नसकेको हो । उ
उक्त निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतले चैत २१ (अर्को साताको सोमबार) पेशी तोकेको छ ।
गतसाता न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आचारसंहिताको राजिनामा दिने व्यवस्था तत्कालका लागि कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4