+
+

एमाले अध्यक्ष ओली रुपन्देही र कपिलवस्तु जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते ११:५४

१४ चैत, बुटवल । विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार रुपन्देही आउँदै छन् ।

एमाले नेता लीला गिरीका अनुसार अध्यक्ष ओलीले भैरहवामा पार्टी प्रवेश गराउने र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भैरहवाको कार्यक्रम सकेर ओली दिउँसो कपिलवस्तुको तौलिहवा जानेछन् । तौलिहवामा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई ओलीले एमाले प्रवेश गराउने कार्यक्रम छ ।

यस्तै स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित प्रदेश सांसद धर्म बहादुरलाल श्रीवास्तव पनि एमालेमा प्रवेश गर्ने नेता गिरीले बताए । अध्यक्ष ओली सोमबार साँझ बुटवलमा बास बस्ने र मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै मंगलबार दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको गिरीले बताए । लुम्बिनीमा जसपाबाट निर्वाचित तीनजना वडाध्यक्ष, एक दर्जन वडासदस्य एमालेमा प्रवेश कार्यक्रम तय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?