+
+

बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १२:५३

१४ चैत, खोटाङ। प्रहरीले खोटेहाङ गाउँपालिका-३ सावाकटहरेस्थित बारीमा बहुमूल्‍य धातु पुल्ली उत्खनन् गरेको आरोपमा पाँचजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका-९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका-७ बस्ने ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेका छन् ।

बहुमूल्य धातु पुल्लीको उत्खनन् भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट २ थान सेतो कालो पाटे पुली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?